साइपालको चुचुरो । बझाङको तलकोट गाउँपालिका-४ लोकण्डबाट देखिएको साइपाल हिमालको चुचुरो। सात हजार ३१ मिटर उचाइमा रहेको साइपाल हिमाल तलकोटको लोकण्डबाट नजिकै देखिन्छ। तलकोट गाउँपालिकाको सबैभन्दा दुर्गम लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ। तस्बिर: भूमिराज पिठातोली/रासस
तिन्जेगाउँ । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-५ स्थित तिन्जेगाउँ। समुद्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सीमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ। यो गाउँ आसपासको क्षेत्रमा सीमा सुरक्षाका लागि शसस्त्र प्रहरी बलको 'बिओपी' राख्न पहल भइरहेको छ। तस्बिर: रामचन्द्र न्यौपाने/रासस
कृष्णसार । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसार अवलोकन गर्न बनाइएको टावर र सो वरपर चर्दै गरेका कृष्णसार। यहाँ दुई सय बढी कृष्णसार संरक्षित रहेका छन्। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/ रासस
ओदान डाँडा । बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित ऐतिहासिक ओदान डाँडा। उक्त स्थानमा चट्याङ पर्दा आकाशबाट खसेको ओदान संरक्षण गरी राखिएको छ। तस्बिरः खेमराज गौतम/रासस
श्रद्धाञ्जलीका लागि पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई राखियो सानेपामा । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहको पार्थिव शरीर माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी