दुनाटपरी गाँस्दै । घोराही उपमहानगरपालिका-२ रामपुरकी थारू महिला मालुकाको पातको दुना टपरी बनाउँदै। थारू समुदायको मुख्य पर्व माघीमा यही दुनाटपरीमा खानपिन गरिन्छ। तस्बिर: रञ्जिता अधिकारी/ रासस
दाङमा बाक्लो हुस्सु । दाङको घोराही उपमहानगरपालिका-१५ स्थित रतनपुर क्षेत्रमा बिहीबार लागेको बाक्लो हुस्सु र घोराही-तुलसीपुर सडक खण्ड। तस्बिर: कुलदीप न्यौपाने/ रासस
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’। पछिल्लो समय पर्यटकको रोजाइमा परेको उक्त पार्क बेनी– जोमसोम–कोरोला सडक छेवैमा छ भने पार्कमा पुग्न सवारीसाधनका साथै व्यवस्थित रेलिङ र गोरेटो बाटोको पनि व्यवस्था छ। तस्बिरः सुशीलबाबु थकाली/ रासस
सञ्चालनमा आयो सडक। । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै टुकुचा खोलानजिक भासिएको सडक आजदेखि सञ्चालनमा आएको छ। तस्बिरः नेपाल फोटो लाइभेरी।
हिमपहिरोले बनाएको पोखरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी । जलवायु परिर्वतनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस