सिमगाउँ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सिमगाउँ। तस्बिर:खेमराज गौतम/रासस
बादल र डाँडा पाखा । अछाम सदरमुकाम मङ्गलसेनबाट बुधबार बिहान देखिएको बुढिगङ्गा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडा पाखाको हरियाली। तस्बिर: सुशील भण्डारी/रासस
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल मोहरे डाँडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला। तस्बिर: कमल खत्री/रासस
झिलिमिली लक्ष्मीसागर पोखरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ स्थित ऐतिहासिक एवं धार्मिक लक्ष्मीसागर पोखरीको रात्रीकालिन झिलिमिली दृश्य। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस