राज्यमन्त्री तामाङ-उद्घाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइस पाँच दशकको ऊर्जा क्षेत्रमा एडिबी नेपाल साझेदारी फोटो प्रदर्शनी कार्यक्रम संयुक्त रूपमा उद्घाटन गर्दै। तस्बिर: विमलबहादुर विष्ट/ रासस
उमा महेश्वर मन्दिर । काठमाडौँको कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर। अग्लो स्थानमा रहेको यस मन्दिरमा दर्शन गर्न र काठमाडौं उपत्यकाको दृश्याअवलोकन गर्न यहाँ पर्यटक आउने गर्छन्। तस्बिरः हरिराम भेटुवाल/रासस
विवाहपञ्चमी महोत्सव । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज जनकपुर धनुष यज्ञमा राम, लक्ष्मण, भरत र शत्रुधन सहित राजा दशरथको स्वरूपमा सजिएका कलाकार। तस्बिर: चन्द्रदेव साह/ रासस
विश्राममा किक्रेटप्रेमी । कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) किक्रेट प्रतियोगिता हेर्न मंगलबार आएका क्रिकेट प्रेमी विश्रामका क्रममा बाहिर चौरमा बसी बदाम, सुन्तला पानी खाँदै। तस्बिरः प्रदीपराज वन्त/ रासस
चिसो बढेसँगै सुनसान बन्यो रारा क्षेत्र । हिमाली क्षेत्रमा चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पर्यटक आवागमन नहुँदा सुनसान हुँदै। समुद्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको यो तालमा घुम्न वैशाख, असार,असोज, कार्तिक, फाल्गुण, चैत गरी वर्षमा ३ पटक सिजन चल्ने गर्दछ। तस्बिरः नृपेन्द्रबहादुर मल्ल/ रासस
प्रधानमन्त्री ओली चीनका राष्ट्रपतिसँग शिष्टाचार भेट । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा चीनका राष्ट्रपति सि चिनपिङसँग शिष्टाचार भेट गर्दै। सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/ रासस