'ड्रोनभ्यू' मा हेर्नुहोस् नेपाली क्रिकेटको उत्सव । त्रिवि मैदान कीर्तिपुरमा दस हजार दर्शकसामु जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच खेल भइरहेको छ। नेपाली क्रिकेटको उत्सव एनपिएल शनिबार देखि नै सुरू भएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
लाप्साङ पोखरी र हिमाल । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य। तस्बिरः दिलकुमार लिम्बू/रासस
त्रिवि मैदानमा शिखर धवन पुग्दा । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आएका शिखर धवन त्रिवि मैदान पुगेका छन्। शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको उद्घाटन खेलअघि धवन त्रिवि मैदान पुगेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पशुपतिमा छरियो शतबीज । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको छ। रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्। तस्बिर: नेपाल फोटो लाइब्रेरी
क्रिकेटप्रेमी दर्शक । कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोल्ट्सबीच खेल रूख चढेर हेर्दै दर्शक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी