चौरमा अध्ययन गर्दै विद्यार्थी । लमजुङको दूधपोखरी गाउँपालिका–६ ओखरीस्थित गौँडा माध्यमिक विद्यालय कक्षा ८ का विद्यार्थी शुक्रबार दिउँसो विद्यालय परिसरको चौरमा अंग्रेजी विषयको अध्ययन गर्दै। जाडो बढेपछि यसरी नै चौरमा पढाइ हुँदै आएको छ। तस्बिरः जनक श्रेष्ठ/ रासस
फुटपाथ निर्माण गरिँदै । काठमाडौंको शान्तिनगर मुख्य सडक किनारमा फुटपाथ निर्माण गर्दै मजदुर। तस्बिरः सुरज घिमिरे/रासस
मिथिला चित्रकला कोर्दै चित्रकार । मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवन जनकपुरधामको भित्तामा मिथिला चित्रकला कोर्दै चित्रकार। तस्बिर: चन्द्रदेव साह/ रासस
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित दक्षिणी आधार शिविरबाट देखिएको विश्वको तेस्रो अग्लो आठ हजार पाँच सय ८६ मिटर उचाइको कञ्चनजंगा हिमालको दृश्य। तस्बिरः दिलकुमार लिम्बू/रासस । कञ्चनजंगा हिमाल