भारी बोकेका खच्चड । मुगुको छायानाथ रारा नगरपालिका–९ सल्लेरीमा सामान लिएर जाँदै गरेका खच्चडहरू। यहाँ यातायातको समस्या भएको हुँदा सामानको ढुवानीमा यसरी नै घोडा, खच्चड प्रयोग गरिन्छ। तस्बिर: सुरेश आचार्य/रासस
चित्र कोर्दै चित्रकार । मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवन जनकपुरधामको भित्तामा चित्र कोर्दै चित्रकार। तस्बिर: निरञ्जनकुमार साह/रासस
बुद्धको मूर्ति निर्माण गरिँदै । पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठूलो ८० फिट उचाइको बुद्ध मूर्ति निर्माणको कार्य गरिँदै। तस्बिरः देवराज सुवेदी/रासस
कञ्चनजंघामा पर्यटक । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका क्षेत्रमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविर (बेस क्याम्प) मा अन्तरिक पर्यटक। तस्बिरः दिलकुमार लिम्बू/रासस