ताल र हिमाल । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेस्थित किलिन लेक र लेक(ताल) मा देखिएको अन्नपूर्ण दोस्रो हिमालको छाया। तस्बिर: नवीन लामिछाने/रासस
घोडाघोडी ताल । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल। तस्बिर: किरणराज विष्ट/रासस
बासुधारा । बझाङको छविसपाथिभेरा गाउँपालिकामा पर्ने बासुधारा क्षेत्र । तीन हजार ४५० मिटर उचाइमा रहेको यस क्षेत्रमा शिवको मन्दिर निर्माण गरिएको छ । चट्टानको फेदबाट २२ वटा धारा बग्ने यस क्षेत्रमा शिवको वासस्थान रहेको विश्वासका साथ शिवरात्रीसहित विभिन्न समयमा विशेष पूजा गर्ने गरिन्छ। तस्बिर: भूमिराज पिठातोली/रासस
मानुङकोट । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्य। कुहिरो र सूर्योदय हेर्न यहाँ आउने पर्यटकको संख्या बढ्दो छ। तस्बिर: कृष्ण न्यौपाने/रासस