आजका तस्बिर- मंसिर १
आजका तस्बिर- मंसिर १
बराह ताल र हिमालको प्रतिबिम्ब ।  म्याग्दीको मालिका गाउँपालिका- १ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिबिम्ब (छायाँ)। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- मंसिर १
जिपलाइनमा सवार गर्दै अन्तरिक पर्यटक ।  भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित हवेलीमा शनिबार नगरकोटमा जिपलाइनमा सवार गर्दै अन्तरिक पर्यटक। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- मंसिर १
पहाड र अपि हिमाल ।  बैतडीको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वरबाट देखिएको पहाड र अपि हिम शृङ्खलाको दृश्य। तस्बिर: किरणराज बिष्ट/रासस
आजका तस्बिर- मंसिर १
राका गाउँ र तिला नदी ।  जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित राका गाउँ र गाउँ तल रहेको तिला नदी । तस्बिर : सुरेश आचार्य / रासस
आजका तस्बिर- मंसिर १
भकारी बिक्री गर्न हिँडेका महिला उद्यमी ।  धादिङबाट धुन्से–भकारी बिक्रीका लागि शनिबार नुवाकोटको त्रिशूलीमा आएका महिला उद्यमीहरू। बाँसको चोया र निगालोबाट बनेका हस्तकलाका सामग्री गुणस्तरीय हुने हुँदा गाँउघरमा यसको माग धेरै छ भने विक्रीबाट हुने नाफाले उद्यमीलाई पनि आर्थिक उपार्जनमा सहयोग पुगेको छ। तस्बिरः रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्