सामग्री लैजाँदै । तनहुँको व्यास नगरपालिका–३ स्थित सेती नदीमा जलविहार गर्ने पर्यटकको सामग्री लैजाँदै। पछिल्लो समय सेती नदीमा विदेशी पर्यटक जलविहार गर्न आकर्षित भएको पाइन्छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
यालुङखाङ पिक । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित रामथाङ क्षेत्रबाट कञ्चनजङ्घा हिमालको नजिकै अवस्थित यालुङखाङ पिकको दृश्य। तस्बिरः दिलकुमार लिम्बू/रासस
मञ्जुश्री गुफा । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीस्थित मञ्जुश्री गुफाको भित्री भाग। तस्बिर: केदार मगर/रासस
सल्ले विमानस्थल । रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित सल्ले विमानस्थल आसपासको दृश्य। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
राष्ट्रपति पौडेल स्वदेश फिर्ता । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन्। राष्ट्रपति पौडेल शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी