आजका तस्बिर- कात्तिक २९
आजका तस्बिर- कात्तिक २९
घोङ्ही किनमेल ।  सिरहाको लहानस्थित हुलाक चोकमा बिक्रीका लागि राखिएको घोङ्ही। यहाँ प्रतिकिलो रु ५० मा घोङ्ही किनमेल हुने गरेको छ। मुख्य रूपमा थारू समुदायको परम्परागत भोजनको रूपमा घोङ्ही चिनिन्छ। तस्बिरः सुदिप राउत/रासस
आजका तस्बिर- कात्तिक २९
मालिकार्जुन राष्ट्रिय धाम ।  दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल श्री मालिकार्जुन राष्ट्रिय धाम। तस्बिर: किरणराज बिष्ट/रासस
आजका तस्बिर- कात्तिक २९
नागसहितको शिवलिङ्ग ।  धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- कात्तिक २९
छुर्पी ।  पाँचथरको याङवरक गाउँपालिका वडा नं १ च्याङथापूको मगर डाँडाका राजेन्द्र खालिङ राईको दुग्ध डेरीमा सुकाइएको छुर्पी। उक्त छुर्पी भरियालाई बोकाएर सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ। यहाँ छुर्पी प्रतिमाला रु १८० मा बिक्री गरिन्छ। तस्बिरः रवीन्द्र काफ्ले/रासस
प्रतिक्रिया दिनुहोस्