आजका तस्बिर- कात्तिक २८
आजका तस्बिर- कात्तिक २८
रूपाताल र माछापुच्छ्रे हिमाल ।  पोखरा महानगर-३२ सिस्टेनी फाँटबाट देखिएको रूपातालमा माछापुच्छ्रे हिमालको छाया। तस्बिर: जमूनावर्षा शर्मा/रासस
आजका तस्बिर- कात्तिक २८
दाङवाङ गाउँ ।  दाङको बङ्गलाचुली गाउँपालिका- ३ स्थित सुन्दर दाङवाङ गाउँ। करिब दुई सय घरधुरी रहेको यो गाउँमा क्षेत्री, मगर र दलितहरूको बसोबास रहेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक २८
गुफा डाँडामा फहराइरहेका झण्डा ।  सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको गुफाडाँडा जलवायु उद्यानमा फहराइरहेका नेपालको राष्ट्रिय झण्डा। गुफा डाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेसँगै गुफाडाँडा पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ। तस्बिर: रूपक पुरी/रासस
आजका तस्बिर- कात्तिक २८
झरना ।  समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइस्थित लोनाकमा रहेको झरना। कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने यस झरनाको सौन्दर्यले पर्यटकहरूलाई मोहित पार्दछ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्