माइपोखरी । रामसार क्षेत्रमा सूचिकृत इलामको पर्यटकीय क्षेत्र माइपोखरी। सन्दकपुर गाउँपालिका-३ मा पर्ने माईपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सोमबारदेखि दुई दिने बहुधार्मिक (हिन्दु, बौद्ध र किरात धर्म) महोत्सव आयोजना हुँदैछ। तस्बिर: रामकुमार लिम्बू/ रासस
जयपुरजात्रा । दार्चुलास्थित लेकम गाउँपालिका-५ जयपुरस्थित लाटिनाथ मन्दिरमा आइतबार राति आयोजित जयपुरजात्रामा नाचगान गर्दै सहभागीहरू। तस्बिर: किरणराज बिष्ट/ रासस
रज्जेमन्नामे गाउँ । दाङको घोराही उपमहानगरपालिका-५ स्थित लुकेको उपत्यकामा तोरी फुलेर पहेँलै देखिएको रज्जेमन्नामे गाउँ र आसपासको क्षेत्र। घोराही उपमहानगरपालिका-५ र तुलसीपुर उपमहानगरपालिका-१३ का बस्ती रहेको यस उपत्यकालाई तुई (सानो) दाङले चिनिने गर्दछ। तस्बिर: कुलदीप न्यौपाने/ रासस
नदी तर्दै भैँसी । बाँकेको डुडुवा गाउँपालिका–५ सिधनियाघाटस्थित राप्ती नदी तरेर जंगलतर्फ चर्न जाँदै भैँसीहरू। तस्बिरः भेषराज बस्नेत/ रासस