आजका तस्बिर- कात्तिक २४
आजका तस्बिर- कात्तिक २४
सूर्यास्त ।  दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटेबाट शनिबार देखिएको सूर्यास्तको दृश्य। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक २४
भोटेचौर चिया बगान ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ स्थित भोटेचौर चिया बगान । यहाँ शनिबार र विदाका दिन पर्यटकको घुइँचो लाग्ने गर्दछ। तस्बिर : देवराज सुवेदी/रासस
आजका तस्बिर- कात्तिक २४
नाम्रा गाउँ ।  भेरी करिडोर सडक खण्डभित्र पर्ने सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ नाम्रा गाउँ । भेरी नदीको किनार रहेको यो बस्तीका स्थानीयबासी भेरी नदीको पानी उपभोग गर्छन्। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक २४
खाम्बोचेन ।  समुद्र सतहदेखि चार हजार १४५ मिटरमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा रहेको खाम्बाचेन। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- कात्तिक २४
जजिरालाई 'वाटर स्यालुट' ।  भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरकाे विमानलाई 'वाटर स्यालुट' दिइँदै । जजिराले शनिबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ । तस्बिर: राधेश्याम विश्वकर्मा/रासस
आजका तस्बिर- कात्तिक २४
पर्यटकीय स्थल खटाङ ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुनामा चारैतिरबाट भेरी नदीले घेरेको पर्यटकीयस्थल खटाङ क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्