आजका तस्बिर- कात्तिक १९
आजका तस्बिर- कात्तिक १९
छाता ओढेर गन्तव्यतिर जाँदै ।  काठमाडौँ उपत्यकामा सोमबार मध्याह्न वर्षा भएपछि काठमाडौँको गोठाटारमा छाता ओढेर गन्तव्यतिर जाँदै सर्वसाधारण। तस्बिरः किरणराज विष्ट/रासस
आजका तस्बिर- कात्तिक १९
बाँसका सामग्री किनमेल ।  छठ पर्वका लागि वीरगञ्जको घण्टाघरमा ढकिया,नाङ्लो, डालो,लगायत बाँसबाट बनेका सामग्री किनमेल गर्दै सर्वसाधारण। छठ पर्वको दिन पूजाको सामग्री राखेर छठ घाटमा लैजान बाँसका सामग्री प्रयोग गरिन्छ। तस्बिर : हिमाल लम्साल / रासस
आजका तस्बिर- कात्तिक १९
छठ घाट बनाइँदै ।  जनकपुरधामस्थित मुजेलियामा पोखरीको डिलमा छठ पूजाका लागि सोमबार घाटको तयारी गर्दै युवा । मिथिलाञ्चल क्षेत्रमा भोलिदेखि छठ पूजाको विधि सुरू हुँदैछ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- कात्तिक १९
चौँरीको बाछो ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ फलेटार क्षेत्रमा चर्दै गरेको चौँरी गाईको बाछो। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- कात्तिक १९
खाम्बा जेनबाट देखिएको कुम्भकर्ण ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य। सात हजार ७१० मिटर उचाइको यो हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालमा पर्दछ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्