आजका तस्बिर- कात्तिक १७
आजका तस्बिर- कात्तिक १७
मूर्ति बोकेर नगर परिक्रमा गराउँदै ।  कीर्तिपुरमा नेवारहरूको नयाँ वर्ष ११४५ मा शङ्खधर साख्वाको मूर्ति बोकेर नगर परिक्रमा गराउँदै, म्वानः त्वाः आः खाः खलः। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- कात्तिक १७
मर्स्याङ्दी नदी ।  मनाङ ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको मुख्य मुहान रहेको मर्स्याङ्दी नदी । हिमालको खोचबाट निस्किएको मर्स्याङ्दी नदी तिलिचो जाने पर्यटकको आकर्षण केन्द्र समेत रहेको छ। तस्बिर : नवीन लामिछाने /रासस
आजका तस्बिर- कात्तिक १७
खच्चडमा दाउरा बोकाएर लैजाँदै ।  ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा आधार शिविरमा इन्धनको रुपमा प्रयोग गर्न हजारे ओडार क्षेत्रबाट पाँच हजार मिटर उचाइमा अवस्थित लाम्टाङ क्षेत्रमा खच्चडलाई दाउरा बोकाएर लैजाँदै एक युवा । तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- कात्तिक १७
तिहारलाई च्याङ्ग्रा ।  तिहारमा बिक्रीका लागि मुस्ताङदेखि पोखराको सिमपानीमा ल्याइएका च्याङ्ग्रा । चाडपर्वमा च्याङ्ग्राको माग उच्च हुने गर्छ । तस्बिर : राम थापा/रासस
प्रतिक्रिया दिनुहोस्