आजका तस्बिर- कात्तिक १०
आजका तस्बिर- कात्तिक १०
सरकारविरूद्ध माओवादीको खबरदारी जुलुस ।  प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको छ। पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी जुलुस निकालेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १०
भद्राई चरा ।  कीर्तिपुरको नगाउँ दोबाटोको तारमा बसिरहेको भद्राई चरा। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- कात्तिक १०
धौलागिरि हिमाल ।  म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्केबाट शनिबार बिहान देखिएको धौलागिरि हिमालको दृश्य। धौलागिरि संसारकै सातौं अग्लो हिमाल हो। यसको उचाइ आठ हजार १६७ मिटर छ। तस्बिरः ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- कात्तिक १०
बिक्रीका लागि राखिएका मादल ।  तिहार लक्षित सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हाटबजारमा शनिबार छिमेकी जिल्ला भोजपुरको केउरेनीपानीबाट बिक्रीका लागि राखिएका मादल। एउटा मादल तीन हजार देखि १५ हजारसम्म बिक्री हुने गरेको व्यापारी बताउँछन्। तस्बिरः सुजन बज्राचार्य/रासस
आजका तस्बिर- कात्तिक १०
तिते करेला बेच्दै हिँडेका व्यापारी ।  कञ्चनपुरको महेन्द्रनगर बजारमा ठेला गुडाउँदै तिते करेला लगायतका तरकारी बेच्दै हिँडेका व्यापारी। चाडपर्वका बेला यहाँ तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्