आजका तस्बिर- कात्तिक ८
आजका तस्बिर- कात्तिक ८
खुलामञ्चमा खेलकुद मैदान ।  काठमाडौंको खुलामञ्चमा रोपेका दुबो हरियो हुँदैछ। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुबो रोपेर हरियो बनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक ८
च्याङग्रा र हिमाल ।  मनाङ गाउँमा चरिरहेका च्याङ्ग्राका बथान र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो, तेस्रो र गङ्गापूर्ण हिमाल। माथिल्लो मनाङका पशुपालक किसानले चिसो बढेसँगै पशुचौपाया गाउँ नजिक राखेका छन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- कात्तिक ८
सेनाले यसरी मनायो संयुक्त राष्ट्रसंघ दिवस ।  नेपाली सेनाले राष्ट्रसंघ दिवस २०२४ मनाएको छ। बिहीबार काठमाडौंस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक ८
फोटो सेसन! ।  ललितपुरको जावलाखेलमा जारी पुष्प प्रदर्शनमा फोटो खिचाउँदै प्रदर्शनकारी। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- कात्तिक ८
हस्तकलाका सामग्री ।  भक्तपुरको पोटरी स्क्वायर क्षेत्रमा हस्तकलाका सामग्री हेर्दै पर्यटक। तस्बिर: चन्द्रकला क्षेत्री / रासस
प्रतिक्रिया दिनुहोस्