आजका तस्बिर- कात्तिक ७
आजका तस्बिर- कात्तिक ७
क्लिन लेक ।  मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य। मनाङ जिल्लामा मात्रै ५७ वटा साना ठूला हिमताल छन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- कात्तिक ७
छलिया नृत्य ।  शुक्लाफाँटा नगरपालिका– ५ वन समितिमा छलिया नृत्य देखाउँदै स्थानीय कलाकार। प्राचीनकालको युद्ध कौशल दर्शाउने छलिया नृत्य लोप हुने संघारमा पुगको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- कात्तिक ७
खेतमा परालको टौवा ।  अछामको मङ्गलसेन नगरपालिका-३ छायातडामा किसानहरूले धान भित्र्याइसकेपछी खेतमा बनाएर राखेको परालको टौवा। तस्बिर : सुशील भण्डारी/रासस
आजका तस्बिर- कात्तिक ७
माटोका भाँडा बनाउँदै ।  क्तपुरको पोटरी स्क्वायर क्षेत्रमा माटोका भाँडा बनाउँदै स्थानीय कुमाले। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक ७
म्याग्दीको दोबा गाउँ ।  घरका छाना ढुङ्गाले छाएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । यो पर्यटकीय गाउँ हो। तस्बिर: ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्