आजका तस्बिर- कात्तिक ६
आजका तस्बिर- कात्तिक ६
धान सुकाउँदै भक्तपुरका किसानहरू ।  भक्तपुरको योंसिखेलका किसानहरू नयाँ धान भित्राउन व्यस्त देखिन्छन्। लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन लागिपरेका हुन्। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- कात्तिक ६
खुर्कोटमा बेलिब्रिज जडान कार्य सम्पन्न ।  सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पक्की पुलको आधा भाग सुनकोशी नदीमा आएको बाढीले बगाएपश्चात् पुनर्निर्माणमा खटिएका नेपाली सेनाको टोलीद्वारा सम्पन्न बेलिब्रिज जडान । सो कार्य सम्पन्नसँगै आजबाट यातायात सञ्चालन भएको छ। सौजन्य तस्बिरः नेपाली सेना/रासस
आजका तस्बिर- कात्तिक ६
साँझमा खुलेको हिमाल ।  पोखरा लेकसाइडबाट मङ्गलबार साँझ देखिएको हिमश्रृङ्खलाको मनोरम दृष्य। तस्बिर : धनबहादुर गुरुङ/रासस
आजका तस्बिर- कात्तिक ६
ग्रिनताल र पृष्ठभूमिमा अन्नपूर्ण ।  मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित तीन हजार मिटर उचाइमा रहेको ग्रिनताल र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- कात्तिक ६
फेरीबाट यात्रुबाहक सवारी तारिँदै ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा फेरीबाट यात्रुबाहक सवारी तारिँदै । नदीमा पानीको बहाव बढेपछि जेष्ठ ३१ देखि बन्द भएको फेरी पुनःसञ्चालनमा आएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिकाका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ। तस्बिरः सुजन बज्राचार्य/रासस
प्रतिक्रिया दिनुहोस्