आजका तस्बिर- कात्तिक ३
आजका तस्बिर- कात्तिक ३
एसियाकै ठूलो महाशिला ।  पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला। महाशिलाको प्रवर्द्धनका लागि रु सात करोडभन्दा बढीका आकर्षक संरचना बनेपछि अवलोकन र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस
आजका तस्बिर- कात्तिक ३
घुमाउने घर ।  बागलुङको गलकोट नगरपालिका–५ हरिचौरमा निर्माण गरेको घुमाउने घर। यो घर पर्यटक विश्रामका लागि निर्माण गरिएको हो। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- कात्तिक ३
पानीमा विषादी छर्कंदै किसान ।  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ स्थित पानीमा गरिने सिँघारा (एक प्रकारको फल) खेतीमा विषादी छर्कंदै किसान। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- कात्तिक ३
मनास्लु हिमाल ।  भैरहवा–काठमाडौंको हवाई यात्राको क्रममा शुक्रबार देखिएको मनास्लु हिमाल। गोरखा जिल्लामा पर्ने मनास्लु हिमालको उचाइ आठ हजार एक सय त्रिसट्ठी मिटर रहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक ३
माटाको दियो सुकाइँदै ।  सुनसरीको इनरुवा नगरपालिका–२ मा तिहारका लागि बनाइएको माटाको दियो घाममा सुकाउँदै कुमाले। माटाको दियो सयकडा एक सयदेखि १५० रुपैयाँसम्ममा बिक्री हुने कुमाले बताउँछन्। तस्बिरः नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्