आजका तस्बिर- असोज २५
आजका तस्बिर- असोज २५
पित्तर सेलाउन नदीमा जाँदै ।  दाङ देउखुरीको राप्ती गाउँपालिका– ३ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला शुक्रबार पितृ पूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै। थारु समुदायले परापूर्वकालदेखि दसैंको महानवमीका दिन पितृ पूजा गर्ने चलन छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज २५
राष्ट्रपति पौडेल प्रथम महिला पौडेलद्वारा नवकन्याको पूजा ।  राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडादसैँका अवसरमा शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा नवदुर्गाको अवतारस्वरूप (नौ जना कन्या) नवकन्याहरूको विधिपूवर्क पूजाअर्चना गर्दै। तस्बिरः किरणराज विष्ट/रासस
आजका तस्बिर- असोज २५
दसैंको टीकाको अघिल्लो दिन विमानस्थलमा ।  देशभित्र बडादसैंको रौनक चलिरहँदा रोजगारी, अध्ययन लगायतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार विदेश जान लागेका र उनीहरुलाई विदाइ गर्नेहरुको घुइँचो। तस्बिर : किरणराज बिष्ट/रासस
आजका तस्बिर- असोज २५
सवारी पूजा ।  बडादसैंको महानवमीको दिन शुक्रबार भक्तपुरस्थित राधेराधे क्षेत्रमा घरघरमा सवारी साधनको पूजा गर्दै स्थानीय बासिन्दा। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- असोज २५
कालभैरव ।  काठमाडौं हनुमानढोका दरवार क्षेत्रमा रहेको कालभैरव मन्दिरमा बडादसैँको नवमीका दिन शुक्रबार पूजाअर्चना गर्दै भक्तजन। तस्बिर : हरिराम भेटुवाल / रासस
प्रतिक्रिया दिनुहोस्