आजका तस्बिर- असोज २३
आजका तस्बिर- असोज २३
लिंगेपिङ र पृष्ठभूमिको हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरू र पृष्ठभूमिमा देखिएको निलगिरि र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य। तस्बिर:सन्तोष गौतम/रासस
आजका तस्बिर- असोज २३
मनाङमा पर्यटकको लर्को ।  मौसममा सुधार भएसँगै मनाङमा पर्यटकको लर्को लाग्दै। सेता हिमाल र प्राकृतिक सुन्दरतासँगै दैनिक चार सयको हाराहारीमा विदेशी पर्यटक मनाङ भित्रने गरेका छन्। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- असोज २३
बसपार्कमा यात्रुको घुइँचो ।  काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा वडादसैंका लागि घर जान गाडी चढ्न आएका यात्रुहरूको घुइँचो। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज २३
सगरमाथा क्षेत्रमा पर्यटक ।  सोलुखुम्बुको दिङबोचेबाट उकालो लाग्दै पर्यटक। सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आइपुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू चार हजार ४१० मिटरको उचाइ दिङबोचेबाट लोबुचेतर्फ उक्लिँदै। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- असोज २३
स्याउको सुकुटी ।  मुस्ताङमा स्याउको सिजन सुरू भएसँगै स्याउबाट बन्ने कोसेलीका विभिन्न परिकार मध्यको स्याउको सुकुटी बनाउँदै कृषक। स्याउको सुकुटीलाई आन्तरिक तथा बाह्य पर्यटकले कोसेलीको रूपमा लैजाने गरेका छन्। तस्बिर: सुशील थकाली/रासस
प्रतिक्रिया दिनुहोस्