आजका तस्बिर- असोज २२
आजका तस्बिर- असोज २२
गौंथलीले बनाइरहेका गुँड ।  अर्घाखाँचीको सुपादेउराली मन्दिर अगाडिको पहरामा गौंथलीले बनाइरहेका गुँड।तस्वीर: भगवती पाण्डे/सेतोपाटी
आजका तस्बिर- असोज २२
कालीगण्डकीमा मोटरेबल पुल ।  पर्वतको विहादी गाउँपालिका-३ रानीपानी र गुल्मीको कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट जोड्ने कालीगण्डकी नदीमाथि निर्माण सम्पन्न भएको मोटरेबल पुल। पुल निर्माणपछि दुई जिल्लाका नागरिकलाई आवजावतमा सहज भएको छ भने कालीगण्डकी करिडोर र कालीगण्डकी लोकमार्ग समेत जोडिएका छन्। तस्बिर: लक्ष्मीप्रसाद सापकोटा/रासस
आजका तस्बिर- असोज २२
मुक्तिनाथबाट देखिएको हिमशृङ्खला ।  मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ परिसरबाट देखिएको धौलागिरी हिमशृङ्खलाको मनोरम दृश्य। तस्बिर: कमल खत्री / रासस
आजका तस्बिर- असोज २२
मनाङमा पदयात्री ।  अन्नपूर्ण पदमार्ग अन्तर्गत चामे गाउँपालिकाबाट माथिल्लो मनाङतर्फ जाँदै गरेका पदयात्री। मनाङ भित्रिएका पदयात्रीको प्रमुख गन्तव्य तिलिचो ताल हुँदै थोराङ्ला, भञ्ज्याङ पास गर्नु हो। तस्बिर: नवीन लामिछाने /रासस
प्रतिक्रिया दिनुहोस्