सहुलियत दरको खसी, बोका र च्याङ्ग्रा । काठमाडौं थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपलब्ध गरेको सहुलियत दरको खसी, बोका र च्याङ्ग्रा। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
त्रिवेणी । भेरी नगरपालिका–१ रिम्नास्थित भेरी तथा सानी भेरीको मिलान बिन्दु त्रिवेणी। मध्य पहाडी राजमार्ग र भेरी करिडोर यही स्थलमा जोडिएको छ। तस्बिरः हेमन्त केसी/ रासस
धानका मुठा बाध्दै गरेका किसान । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान दम्पती धानका मुठा बाध्न व्यस्त। दसैँ आउनै लागे पनि किसान धानबाली भित्र्याउनमा व्यस्त छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
बेलिबृज जडान गर्दै । बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गबीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरूपमा अवरूद्ध भएको हुँदा उक्त पुल मर्मत गरी आवागमन सुचारू गर्न असोज १९ गतेबाट खटिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आज असोज २० गतेबाट बेलिबृज जडान कार्य सुरू गर्दै। तस्बिर सौजन्यः नेपाली सेना/ रासस
टनेलभित्र च्याउँखेती । दक्षिणकाली नगरपालिका-५ कुटारेमा टनेलभित्र गरिएको च्याउँखेती। यहाँका किसानले उक्त च्याउँ खेतीबाट वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन्। तस्बिरः विमलबहादुर विष्ट/ रासस