सुनसान बञ्जि जम्प । हिन्दुहरूको महान चाड दसैं, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा पनि सुनसान बनेको पर्वत जिल्लाको कुश्मास्थित कालीगण्डकी नदीको खोँचमा रहेको बञ्जि जम्प। पर्यटकीय सिजन सुरू भए पनि यस क्षेत्रमा भने चहलपहल बढ्न सकेको छैन । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस
धम्पुस पोखरी टोल पृष्ठभूमिमा माच्छापुच्छ्रे हिमाल । कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ धम्पुसस्थित पोखरी टोलको सुनसान दृष्य। दसैंको चहलपहल सुरू भइसके पनि यस टोलमा कुनै पर्यटक देखिएको छैन। पृष्ठभूमि देखिएको बादलको घुम्टोमा माच्छापुच्छ्रे हिमाल । तस्बिरः धनबहादुर गुरुङ/रासस
रूकुम पश्चिमको राडीबजार । जाजरकोट नलगाड नगरपालिका–८ बाट देखिएको रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रशासकीय केन्द्र राडीबजार तथा आसपासको क्षेत्र । तस्बिर : हेमन्त केसी/रासस
विद्युत तारमा तोप चराको गुड । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट जाने बाटोमा रहेको विद्युतको तारमा तोप चराले बनाएको गुड । तस्बिर: कृष्ण न्यौपाने/रासस
बाढीबाट विनाश । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ स्थित पाटीखर्कमा यही असोज ११ गते अविरल वर्षाको कारण गएको बाढीले बगाएको घरको बाँकी संरचना । तस्बिर : पेमा लामा/ रासस