आजका तस्बिर- असोज १६
आजका तस्बिर- असोज १६
पुतली ।  दाङको घोराही उपमहानगरपालिका-१० स्थित अम्राइमा फूलको रस खाँदै पुतली। तस्बिर: कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- असोज १६
दुना-टपरीको व्यापार ।  दसैं नजिकिएसँगै घटस्थापनाका दिन जमरा राख्नका लागि धनगढी उपमहानगरपालिका– १ बनदेवी मन्दिर नजिकै सालको पातबाट दुनाटपरी बनाउँदै र बेच्दै स्थानीय थारू समुदायका महिला। तस्बिर: तिलकराज ओझा/रासस
आजका तस्बिर- असोज १६
माछा मार्दै ।  लमही नगरपालिका–६ स्यानी खोलामा माछा मार्दै स्थानीय महिला। उनीहरूले फुर्सदको समयमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। तस्बिरः रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- असोज १६
रूखमा बसेको चमेराका बथान ।  रूखभरि फल फलेको जस्तो देखिने गरी भक्तपुरको सल्लाघारीस्थित न्हुःपुखु (रानी पोखरी) वरिपरिको रूखमा बसेको चमेराको बथान। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- असोज १६
सूर्यास्त ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट बुधबार देखिएको सूर्यास्तको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज १६
चंगाले रंगियो सडक ।  काठमाडौंको पर्यटकीय केन्द्र ठमेलको एउटा बाटो यतिबेला चंगाहरूले सजिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्