उद्धार अभ्यास । डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनैस्थित ठूलीभेरी नदीमा विपद्को समयमा खोज उद्धारको कार्यलाई प्रभावकारी बनाउनका लागि अभ्यास गर्दै सुरक्षा निकायको टोली। तस्बिरः हेमन्त केसी/रासस
माछा मार्न जाल हान्दै स्थानीय । दाङको लमही नगरपालिका–६ स्यानी खोलामा माछा मार्न जाल हान्दै स्थानीय। यहाँका स्थानीय फुर्सदको समयमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। तस्बिरः रञ्जिता अधिकारी/रासस
पोखरीमा माछा हेर्दै बालबालिका । भक्तपुरको सल्लाघारी अवस्थित रानी पोखरी (न्हुः पुखु ) मा माछा हेर्दै बालबालिका। वि.सं. १६८७ (ने.सं. ७५० ) मा तत्कालीन भक्तपुरका राजा जगज्योति मल्लले रानी राजलक्ष्मीको सम्झनामा यो पोखरी बनाउन लगाएको बताइन्छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
दसैंका लागि मुस्ताङबाट बजारतर्फ ल्याइँदै च्याङ्ग्रा । दसैंका लागि पोखरा लगायत विभिन्न बजारमा बिक्री गर्न मुस्ताङबाट हिँडाएर मङ्गलबार म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइपुर्याइएका च्याङ्ग्रा। आजसम्म मुस्ताङबाट ६ हजार च्याङ्ग्रा बाहिरिएको छ। तस्बिरः सन्तोष गौतम/रासस
दमौली बजार । तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटबाट देखिएको दमौली बजार र हिमालको दृश्य। तस्बिर: कृष्ण न्यौपाने/रासस