माछा मार्न जाल हान्दै । सर्लाहीको कबिलासी नगरपालिका–६ जमुनियास्थित खोलामा माछा मार्न जाल हान्दै एक मछुवारा। वर्षाको समयमा यहाँका खोलाहरूमा माछा पाईन्छ। तस्बिर: विश्वनाथ ठाकुर/रासस
समरको पहाड र बादलले ढाकेको नीलगिरि हिमाल । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको समर–भेना–झैटे खण्डको सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समरको पहाड र पृष्ठभूमिमा देखिएको बादलले ढाकेको नीलगिरि हिमालको दृश्य। जोमसोमदेखि उपल्लो मुस्ताङ जाने सडक यात्राका क्रममा रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ। तस्बिर: सन्तोष गौतम/रासस
काठमाडौंमा असोजे झरी । बिहीबार रातिदेखि अविरल परेको झरीले जनजीवन प्रभावित भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
निर्माणाधीन सुरूङ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा नदी फर्काउन बनाइएको सुरूङ। तस्बिर: कृष्ण न्यौपाने/रासस