बुकी पाटन । मुस्ताङको थासाङ गाउँपालिका–२ ह्याङ्डीन डाँडाबाट देखिएको मनोरम बुकी पाटनको दृष्य। धौलागिरी आइसफल क्षेत्र नजिक पर्ने बुकी पाटनका खर्कहरू हरियाली बुकीले रमणीय बनेका छन्। तस्बिर: कमल खत्री/रासस
विर्गुमखानी गाउँ । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-१३ स्थित विर्गुमखानी गाउँ र गाउँको बीचमा अवस्थित पोखरी। तस्बिर: सर्जना कार्की/ रासस
स्यार्पु ताल । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ३ र ५ मा पर्ने पर्यटकीयस्थल स्यार्पु ताल। यहाँ असार महिनादेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरूको चहलपहल बढ्ने गर्दछ। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
पहेँलपुर धानबाली । बैतडीको पाटनमा पाकेर पहेँलपुर भएको धानबाली। पाटन धान उत्पादनकाे पकेट क्षेत्र समेत हाे। तस्बिर: विनाेदसिंह विष्ट/रासस