आजका तस्बिर- असोज ४
आजका तस्बिर- असोज ४
सिद्धपोखरी ।  भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल सिद्धपोखरी (प्राचीन इन्द्रदह)। हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ। तस्बिर:चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- असोज ४
पदयात्रा गर्दै विदेशी पर्यटक ।  चामे-१ बाट माथिल्लो मनाङतर्फ जाँदै गरेका विदेशी पदयात्री। मौसम सुधारभएसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- असोज ४
बुकीपाटन ।  समुद्री सतहदेखि करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बुकीपाटन। ढोरपाटन शिकार आरक्षमा पर्ने बुकीपाटन यो याममा निकै मनमोहक देखिन्छ। तस्बिरः डम्मर बुढामगर/रासस
आजका तस्बिर- असोज ४
दाङ उपत्यका ।  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पहाडी गाउँ घोरदौराबाट शुक्रबार बिहान देखिएको कुहिरोले छोपिएको दाङ उपत्यका। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज ४
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ।  प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्