आजका तस्बिर- असोज ३
आजका तस्बिर- असोज ३
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस ।  टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ३
आजदेखि खुल्यो धरहरा ।  सरकारले आज संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ३
जिब्रो छेडेर पशुपतिनाथ मन्दिर परिक्रमा गर्दै ।  मध्यपुर थिमि ४ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुर थिमि दिगु भैरव मन्दिरको डवलीमा जिब्रो छेडेर चन्द्राकारको १७ वटा दीप सहितको भ्ये बोकेर थिमिको लायकू, बालकुमारीस विष्णुबीरस्थान, सिद्धिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरी मन्दिर हुँदै पशुपतिनाथ मन्दिर परिक्रमा गर्दै। परिक्रमापछि पुन थिमि पुगेर बालकुमारीमा सियो निकाल्ने गरिन्छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- असोज ३
लाखे नाच देखाइँदै ।  संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा लाखे नाच देखाइँदै।तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्