भेडाको बथान र पुथा हिमाल । ढोरपाटन सिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल। बुकीपाटनमा रमाउन र हिमश्रृङ्खलाको अवलोकन गर्न पछिल्लो सय पर्यटक बुकी पुग्न थालेका छन्। तस्बिर: डम्मर बुढामगर/रासस
धौलागिरी 'आइसफल' । मुस्ताङको थासाङ गाउँपालिका–२ मा ह्याण्डिङ डाँडाको टुप्पोमा रहेको धौलागिरी 'आइसफल' क्षेत्रको दृश्य। तस्बिर: कमल खत्री/रासस
प्रयोगविहीन झोलुंगे पुल । दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको प्रयोगविहीन झोलुङ्गे पुल। नजिकै मोटरेवल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन भएको छ। तस्बिरः दीपक बोहरा/रासस
दरबारमार्ग आसपास सवारी जाम । काठमाडौंका मुख्य सडकहरूमा सवारी जाम भएको छ।दरबारमार्ग सडक बन्द हुँदा आसपास क्षेत्रमा सवारी साधन जाममा परेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
विश्वकर्मा पूजापछि मूर्ति विसर्जन गरिँदै । विश्वकर्मा पूजापछि विश्वकर्माको मूर्ति बागमती खोलामा विसर्जन गर्दै भक्तजनहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी