आजका तस्बिर- भदौ ३०
आजका तस्बिर- भदौ ३०
धरहरा खोल्ने अन्तिम तयारी ।  सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेसँगै निर्माण कार्यको अन्तिम तयारी पूरा गर्दै कामदार। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- भदौ ३०
विश्वकर्माको मूर्ति ।  विश्वकर्मा पूजा नजिकिएसँगै बनाएर राखिएको विश्वकर्माको मूर्ति। हिन्दु धर्मालम्बीहरूले भगवान विश्वकर्माको पूजासँगै प्रविधि र मेसिनरी सामग्रीहरूको विशेष पूजाआजा गर्ने गर्छन्। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- भदौ ३०
फापर बाली ।  मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फुलेको फापर । मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको छ। तस्बिरः सन्तोष गौतम/ रासस
आजका तस्बिर- भदौ ३०
मुस्ताङ–डोल्पा जोड्ने सडक ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्ने साङता क्षेत्रमा निर्माण भएको मुस्ताङदेखि कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पाको सिमानासम्म ५६ दशमलब पाँच किलोमिटर सडकको मार्ग खुलेको सडक डिभिजन कार्यालय बाग्लुङले जनाएको छ । तस्बिरः सन्तोष गौतम/ रासस
आजका तस्बिर- भदौ ३०
बुलबुले ताल र आसपासको क्षेत्र ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । लामो समयदेखि जीर्ण रहेको यस तालमा आजभोलि मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। तस्बिरः सुरेश आचार्य/ रासस
प्रतिक्रिया दिनुहोस्