आजका तस्बिर- भदौ २९
आजका तस्बिर- भदौ २९
मुस्ताङको चराङ गाउँ ।  मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ मा पर्ने चराङ गाउँ। लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र समेत रहेको चराङमा ऐतिहासिक दरबार, गुम्बालगायत पर्यटकीय आकर्षण रहेको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २९
सूर्यास्तको दृश्य ।  दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटेबाट शनिबार देखिएको सूर्यास्तको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ २९
सुर्खेत विमानस्थल ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ मा रहेको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- भदौ २९
मल हाल्दै ।  धनुषाको विदेह नगरपालिका-१ ठाडीका किसान धान रोपेको खेतमा युरिया मल हाल्दै। तस्बिर: चन्द्रदेव साह/रासस
आजका तस्बिर- भदौ २९
कुपण्डोलमा हेर्दाहेर्दै ह्वालह्वाल्ती पानी निस्किएर भासियो सडक ।  ललितपुरको कुपण्डोलमा सडक भासिएको छ। शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडकमा ह्वालह्वाल्ती पानी निस्किएर भासिएको हो। तस्बिर: विष्णु विश्वकर्मा/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्