आजका तस्बिर- भदौ २३
आजका तस्बिर- भदौ २३
ऋषि पञ्चमी ।  ऋषि पञ्चमीको अवसरमा काठमाडौंको गुह्येश्वरीमा पुजा अर्चना गर्दै श्रद्धालुहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
आजका तस्बिर- भदौ २३
ऋषि पञ्चमीमा स्नान ।  ऋषि पञ्चमीमा स्नान गर्दै महिलाहरू। आजका दिन नजिकको खोला, ताल, पोखरीमा गएर दतिउनले दाँत माझ्ने, गाईको गोबर र खरानीले स्नान गर्छन्।
आजका तस्बिर- भदौ २३
दामोदरकुण्ड यात्रा ।  मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा । करिब पाँच हजार मिटरभन्दा बढी उचाईको पहाड र उकालो बाटो भएकाले तीर्थालुहरुले घारा गाउँदेखि दामोदरकुण्ड जान घोडा प्रयोग गर्छन् । घारादेखि दामोदरकुण्ड पुग्न घोडामा नौ घण्टा यात्रा गर्नुपर्छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २३
मादी र आसपासका वस्ती ।  तनहुँको व्यास नगरपालिका–१० दुम्सीकोटबाट लिएको व्यास नगरपालिका–६ र ७ भएर बग्ने मादी नदी र आसपासका कलेस्ती, चिन्तुटारलगायत बस्ती। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- भदौ २३
तानसेन बजार ।  पाल्पाको सदरमुकाम तानसेन बजार र पृष्ठभूमिमा हरियाली श्रीनगरडाँडा। तस्बिरः सुशीला रेग्मी/रासस
आजका तस्बिर- भदौ २३
हनुमान नाच ।  हनुमान नाच संरक्षण परिषद्ले बागलुङ बजारमा निकालेको हनुमान नाच । बागलुङमा नौ वर्षपछि देखाइएको उक्त नाच यही भदौं ११ गतेदेखि शुरु भएको हो । यो नाच आगमी चैत सम्म नचाइनेछ। तस्बिरः खेमराज गौतम/रासस
आजका तस्बिर- भदौ २३
गलेखामकोटबाट देखिने दृश्य ।  समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित तनहुँको व्यास नगरपालिका–६ गलेखामकोटबाट लिएको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङका विभिन्न क्षेत्रका दृश्य । तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्