आजका तस्बिर- भदौ २२
आजका तस्बिर- भदौ २२
माछापुच्छ्रे हिमाल ।  पोखरा महानगरपालिका-१४ बाच्छेबडुवाबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर:राधिका कँडेल/रासस
आजका तस्बिर- भदौ २२
लखिनश्वरी झरना ।  नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ३ र ४ को सीमामा रहेको लखिनश्वरी झरना। यो झरना अवलोकन गर्न पर्यटकहरू आउने क्रम बढ्दो छ। तस्बिर: हरिराम भेटुवाल / रासस
आजका तस्बिर- भदौ २२
दामोदरकुण्ड ।  मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड। पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा देविदेवताहरूको बासस्थान भएकाले यहाँ पुगेमा पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- भदौ २२
कागबेनीमा फापर फुलेको ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको बारीमा फुलेको फापर खेती। फापर मुस्ताङको प्रमुख खाद्यबाली मध्येमा पर्छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २२
ढुङ्गामा बसेका गिद्ध ।  पोखरा महानगरपालिका–१४ पुरानो ल्याण्डफिल साइडस्थित सेतीनदी किनारका ढुङ्गामा बसेका गिद्धहरू। तस्बिरः राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्