आजका तस्बिर- भदौ १९
आजका तस्बिर- भदौ १९
चाखाङ गुम्बा ।  उपल्लो डोल्पाको से–फेक्सुन्डो गाउँपालिका–३ स्थित शे सुम्दोमा चट्टानको काखमा रहेको चाखाङ गुम्बा। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- भदौ १९
उत्तरतर्फ बगेको बबई नदी ।  दाङको घोराही उपमहानगरपालिका-७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ १९
धान खेतको हरियाली ।  जनकपुरको विदेह नगरपालिका-८ बफै र सहिदनगर नगरपालिका-६ हरवाडा गाउँको सीमा क्षेत्रमा गरिएको धान खेतको हरियाली। तस्बिर: चन्द्रदेव साह/रासस
आजका तस्बिर- भदौ १९
हिलाम्मे सडकमा फसेको ट्रक ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–चापाघाट खण्डको व्यास–३ मादी पुल नजिक हिलाम्मे सडकमा बिहीबार बिहान फसेको ट्रक। यो खण्ड हिलाम्य हुँदा सवारी सञ्चालनमा सास्ती भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- भदौ १९
मुस्ताङबाट बेनीतर्फ ल्याउँदै भेडा ।  तीज पर्वलाई लक्षित गरेर हिमालपारीको जिल्ला मुस्ताङबाट म्याग्दीको सदरमुकाम बेनीतर्फ ल्याउँदै गरिएको भेडाबाख्रा। हिमाली बुकी क्षेत्रमा पालन गरेका भेडा चाडपर्वको समयमा अत्यधिक माग हुने गर्छ। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्