आजका तस्बिर- भदौ १७
आजका तस्बिर- भदौ १७
बुवालाई कोसेली ।  बुवाको मुख हेर्नेको लागि मिठाइ किन्दै महिला। तस्बिरः नारायण महर्जन/सेतोपाटी।
आजका तस्बिर- भदौ १७
पितृ पूजा ।  दिवंगत पितृको सम्झनामा काठमाडौंको गोकर्णमा श्राद्ध गर्नेको घुइँचो। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
आजका तस्बिर- भदौ १७
निसेलढोर ।  बागलुङको सबैभन्दा विकट मानिने निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर । पूर्वी रुकुमसँग जोडिएको निसेलढोर आलु उत्पादनका लागि प्रख्यात मानिन्छ । तस्बिरः डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ १७
अन्नपूर्ण हिमाल ।  बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित पर्यटकीय गाउँ देउरालीबाट देखिएको अन्नपूर्ण हिमाल। तस्बिरः खेमराज गौतम/रासस
आजका तस्बिर- भदौ १७
‘शे’मेला स्थल ।  हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ ‘शे’मा आइतबार देखि सञ्चालन भएको बाह्रवर्षे ‘शे’ मेला तथा क्रिस्टल पर्वतको दर्शन स्थल । डोल्पो समुदायको प्रसिद्ध तीर्थस्थल तथा ‘शेल रिवो डुग्ड्रा’ पर्वत बौद्ध मार्गीहरूको लागि ईश्वरको स्वर्गीय निवासका रुपमा समेत लिइन्छ । तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- भदौ १७
सुनदह ।  रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ। तस्बिर: कुलदीप न्यौपाने / रासस
प्रतिक्रिया दिनुहोस्