आजका तस्बिर- भदौ ११
आजका तस्बिर- भदौ ११
अष्टिम्की पूजा गर्दै थारू महिला ।  श्रीकृष्ण जन्माष्टमीका अवसरमा अष्टिम्की पूजा गरेको फूलपाती दाङको सेवार खोलामा मङ्गलबार बिहान बगाउन जाँदै घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका थारू समुदायका महिलाहरू। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ ११
गुम्बा -सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर-१४ गोठीकाँडामा रहेको बौद्ध गुम्बा। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- भदौ ११
तीनधारे झरना नियाल्दै पर्यटक ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफल डाँडामा रहेको ‘तीनधारे झरना’ नियाल्दै पर्यटक। सो ठाउँमा पर्यटकको घुइँचो बढ्दै गएपछि स्थानीय सरकारले पर्यटकका लागि विश्रामस्थल, रेलिङ, शौचालय र कपडा फेर्ने ठाउँ लगायतका संरचनाहरूको निर्माण गरेको छ। तस्बिरः पेमा लामा/रासस
आजका तस्बिर- भदौ ११
गाउँपालिका–२ रोकाय गाउँ ।  जाजरकोट बारेकोट गाउँपालिका–२ रोकाय गाउँ। भूकम्पबाट क्षति व्यहोरेको यो गाउँमा अस्थायी टहरा निर्माणपछि दोस्रो किस्ताको रकम नपाउँदा समस्या भएको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- भदौ ११
एकीकृत समाजवादीमा चुनावी चहलपहल ।  नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि निर्वाचन भइरहेको छ। पार्टीको सोमबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्यका लागि चुनाव भइरहेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्