साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो । आज साउन महिनाको अन्तिम सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड छ। साउन महिनाको अर्को आकर्षक बोलबम हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
देवघाटधाममा स्नान गर्दै भक्तजन । पवित्र धार्मिकस्थल देवघाटधाममा श्रावण स्नान गर्दै भक्तजन । आज साउनको अन्तिम सोमबार परेका कारण देवघाटमा स्नान गर्ने भक्तजनको अत्यधिक भीड लागेको छ। तस्बिर: टेकराज पोखरेल/रासस
ढोरपाटन उपत्यका । बागलुङ, म्याग्दी र पूर्वी रूकुम जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा रहेको घाँसे मैदान। ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। तस्बिरः सन्तोष गौतम/रासस
चरिचरण गर्दै चौंरी । डोल्पाको जगदुल्ला गाउँपालिका–४ चौंरीकोटमा चरिचरण गर्दै गरेका चौंरीहरू। यस क्षेत्रको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको छ। तस्बिरः हेमन्त केसी/रासस