आजका तस्बिर- साउन २६
आजका तस्बिर- साउन २६
घोडा चर्दै ।  बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित रिगताल क्षेत्रमा चर्दै गरेका घोडा। यहाँ खाद्यान्न ओसारपोसार र यात्राका लागि घोडा प्रयोग गरिन्छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- साउन २६
फार्ममा राखिएका चौँरी ।  जगदुल्ला गाउँपालिका–४ मौर्रे लेख डोल्पामा रहेको चौरी फार्ममा राखिएका चौँरीहरू। यहाँका अधिकांश स्थानीयबासीहरू चौँरीपालन गरेर आर्थिक लाभ गर्दै आएका छन्। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- साउन २६
नगरपालिकाको हाताभित्र हात्तीको मूर्ति ।  बर्दिया जिल्लको ठाकुरबाबा नगरपालिका कार्यालय परिसरको हातामा बनाएको हात्तीको मूर्ति। तस्बिरः मेनका चौधरी/रासस
आजका तस्बिर- साउन २६
रारा तालमा डुङ्गा सयर ।  मुगुको छायानाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरू। यहाँ पुग्नको लागि सडक सुविधा पुगेपछि वर्षायाममा समेत पर्यटकहरू आउन थालेका छन्। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- साउन २६
पिङ खेल्दै ।  रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ खलङ्गा बजार नजिकैको डाँडामा रहेको पिङमा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
प्रतिक्रिया दिनुहोस्