आजका तस्बिरहरू- साउन ११
आजका तस्बिरहरू- साउन ११
इन्द्रेणीको घेराभित्र रूकुमकोट ।  वर्षाको झरी र इन्द्रेणीको घेराभित्र बिहीबार दिउँसो देखिएको रूकुमपूर्वको सदरमुकाम रूकुमकोट आसपासको दृश्य। तस्बिर: सर्जना कार्की/रासस
आजका तस्बिरहरू- साउन ११
चरनका लागि गोर्सेन पाटन ल्याइएका भेडा ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ मारहेको गोर्सेन पाटनमा चरनका लागि ल्याइएका भेडा। यो पाटन रारा राष्ट्रिय निकुञ्जभित्र पर्दछ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिरहरू- साउन ११
सिंजा गाउँपालिकाको केन्द्र आसपासको दृश्य ।  जुम्लाको सिंजा गाउँपालिका-३ स्थित हिमा नदीको किनारमा निर्माणाधीन अवस्थामा रहेको सिंजा गाउँपालिकाको प्रशासकीय भवन र आसपासको दृश्य। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिरहरू- साउन ११
मार्चे लेकमा चौरीपालन ।  मुस्ताङको मार्चे लेकको चरन खर्कमा पालिएका चौरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल। चौरी, भेडा, बाख्रा, गाईभैसीलाई पोसिलो घाँस खुवाउन हिमालका फेदीमा गोठ लैजाने गरिएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्