घोराही बजार र दाङ उपत्यका । दाङको घोराही उपमहानगरपालिका -१८ स्थित घोरदौराबाट बिहीबार बिहानीपख देखिएको सदरमुकाम घोराही बजार र दाङ उपत्यकाको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
डुङ्गामा सयर गर्दै । पोखराको फेवातालमा परिवारसहित डुङ्गा सयर गर्दै विदेशी पर्यटक। तस्बिर: राधिका कँडेल/रासस
भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वारको रूपमा रहेको रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य। तस्बिरः सुरेश आचार्य/रासस
अर्मला बस्ती र धान खेतीको हरियाली । पोखरा महानगरपालिका-१६ ढिकी डाँडाबाट देखिएको अर्मला बस्ती र धान खेतीको हरियाली दृश्य। तस्बिर: राधिका कँडेल/रासस