आजका तस्बिर- साउन ९
आजका तस्बिर- साउन ९
सौर्यको दुर्घटनाग्रस्त जहाज ।  काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्यबाहेक अरूको मृत्यु भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन ९
हिमा नदी र मार्सी धान खेती ।  जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ। तस्बिरः सुरेश आचार्य / रासस
आजका तस्बिर- साउन ९
माछापुच्छ्रे हिमाल ।  पोखरा महानगरपालिका-१४ मझेरी पाटनबाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। वर्षातका कारण मौसम नखुल्दा केही समयदेखि पोखराबाट हिमालको दृश्यावलोकन हुन सकेको थिएन। तस्बिर : राधिका कँडेल/ रासस
आजका तस्बिर- साउन ९
तामा एवं अचार बनाउन सफा गर्दै बासको मुना ।  दाङको घोराही उपमहानगरपालिका–४ स्थित डाँडागाउँमा तामाको अचार बनाउने तयारी गर्दै नेकपा एमालेकी नेत्री शान्ता चौधरी। करिब एक वर्ष अगाडिदेखि आफ्नै घरमा घरेलु उद्योग सञ्चालन गरेर सुरू गरेकी शान्ताको अचार हिजोआज ब्राण्डकै रुपमा चर्चा छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन ९
पानी हाल्दै ।  दुर्घटनाग्रस्त सौर्य जहाजमा पानी हाल्दै विपद् उद्धारकर्मी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्