आजका तस्बिर- साउन ८
आजका तस्बिर- साउन ८
पर्यटकीयस्थल गोठीकाँडा ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित पर्यटकीयस्थल गोठीकाँडामा कालोपत्रे गरिएको सडक र आसपासको क्षेत्र । वीरेन्द्रनगरको गर्मी छल्न नजिक रहेको स्थानका रुपमा गोठीकाँडामा आन्तरिक पर्यटकहर"ू आउने गर्दछन्। तस्बिरः सुरेश आचार्य/ रासस
आजका तस्बिर- साउन ८
चौरी लेकमा चर्दै गरेका भेडाका बथान ।  रुकुम पुर्वको भुमे गाउँपालिका–१ र पुथा उत्तरगङ्गा गाउँपालिका–११ को सिमानामा चार हजार पाँच सय मिटरको उचाईमा रहेको चौरी लेकमा चर्दै गरेका भेडाका बथान। तस्बिरः सर्जना कार्की/रासस
आजका तस्बिर- साउन ८
खर्क ।  कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुको लेकाली भेगमा राखिएको खर्क। वर्षायामको समयमा गाई, गोरु, भैँसी, भेडाबाख्रा चरिचरनका लागि लेकाली भेगमा खर्क बनाउने चलन रहेको छ। तस्बिर: मिमबहादुर रावल / रासस
आजका तस्बिर- साउन ८
मौलाकालिका मन्दिर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर र आसपासको क्षेत्र । १६औँ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा गरेको यस ठाउँमा अहिले दर्शन गर्न देश तथा विदेशबाटसमेत धर्मावलम्बीहरू आउने गरेका छन्। तस्बिर: टेकराज पोखरेल/रासस
प्रतिक्रिया दिनुहोस्