आजका तस्बिर- साउन ७
आजका तस्बिर- साउन ७
देवघाटमा भक्तजन ।  साउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन। विशेषगरी साउन महिनाको सोमबार भक्तजन यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- साउन ७
रबर बोट तालिम दिँदै सशस्त्र प्रहरी ।  नेपाल रेडक्रस सोसाइटी मोरङद्वारा विपद् प्रतिकार्यका लागि मोरङको जहदा गाउँपालिका र सशस्त्र प्रहरी ३ नं हेटक्वाटर बुढीगङ्गा गाउँपालिका टङ्की सिनवारीलाई हस्तान्तरण गरिएको ‘रबर बोट’ सञ्चालन सम्बन्धी पालिकाका कर्मचारीलाई कटहरी गाउँपालिकाको गोपाल फनपार्कमा तालिम दिँदै सशस्त्र प्रहरी। तस्बिर: मनोज दाहाल/रासस
आजका तस्बिर- साउन ७
राक्षस ताल ।  डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल। तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ। यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय 'माया' तालको समेत उपमा दिन थालिएको छ। तस्बिरः रामचन्द्र न्यौपाने/रासस
आजका तस्बिर- साउन ७
कालीगण्डकी नदी ।  वर्षाका कारण उर्लिएको कालीगण्डकी नदी । बागलुङ र पर्वत भएर बगेको कालीगण्डकी विश्वमा शालिग्रामकालागि प्रख्यात छ । तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- साउन ७
साउनको पहिलो सोमबार पशुपतिमा ।  साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्दै एक युवती। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्