आजका तस्बिर- साउन ५
आजका तस्बिर- साउन ५
आहा! सुन्दर रिङरोड ।  कोटेश्वरदेखि कलंकीसम्म रहेको ललितपुरतर्फको रिङरोड सडकखण्ड यतिबेला निकै सुन्दर देखिएको छ। विभिन्न ठाउँको ट्राफिक लाइट अनि यहाँको सडकमा देखिएको हरियालीले थप सुन्दरता छाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन ५
गाउँका एकै खालका घर ।  पोखरा महानगरपालिका–१६ मा अवस्थित सुन्दर हरपाक गाउँका एकै खालका घरहरू। तस्बिर: कृष्ण दवाडी/रासस
आजका तस्बिर- साउन ५
रोल्पा पाटनमा चर्दै गरेका भेडा ।  जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित रोल्पा पाटनमा चर्दै गरेका भेडाहरू। वर्षायाममा भेडी गोठालाहरू आवश्यक सामग्री लिएर पाटनमै भेडा पालन गर्छन्। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- साउन ५
हात्तीको मूर्ति ।  तनहुँको आँबुखैरेनी गाउँपािलका–४ ऐनापहरामा निर्माण गरिएको हात्तीको मूर्ति । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँपालिकाले पहल थालेको छ। तस्बिर:कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- साउन ५
ह्वाइट गुम्बा ।  नागार्जुन नगरपालिका-६ स्थित डाँडागाउँमा रहेको ह्वाइट गुम्बा। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्