आजका तस्बिर- साउन ३
आजका तस्बिर- साउन ३
गुडिरहेको बसबाट निस्केको धुँवाको मुस्लो ।  भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो । धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- साउन ३
पहिरो ।  म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ । तस्बिर: ध्रुवसागर शर्मा / रासस
आजका तस्बिर- साउन ३
थोराङ्ला पासमा मर्मत गरिएको पदमार्ग ।  सामुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाइमा अवस्थित थोराङला झञ्ज्याङ पार गरेर मनाङदेखि मुस्ताङ आउने हालै मर्मत गरिएको पदमार्ग। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा उपभोक्ता समितिले ७१९ मिटर पदमार्ग मर्मत गरेका छन्। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन ३
स्काई साइक्लिङ गर्दै पर्यटक ।  दाङको भारतसँग सीमा जोडिएको गढवा गाउँपालिका–८ स्थित कोइलाबास नाकामा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । वडा नम्बर ८ को आर्थिक सहयोगमा भारतीय पर्यटकलाई लक्षित गरेर स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्