आजका तस्बिर- साउन १
आजका तस्बिर- साउन १
सन्ध्याकालीन गङ्गा आरती ।  काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा मङ्गलबार गरिएको सन्ध्याकालीन गङ्गा आरती। तस्बिर: विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- साउन १
दृश्यमा पोखरा ।  मौसम खुलेपछि कास्कीको पोखरा महानगरपालिका–१८ स्थित मेथ्लाङबाट देखिएको पर्यटकीय राजधानी पोखराको दृश्य। तस्बिरः धनबहादुर गुरूङ/रासस
आजका तस्बिर- साउन १
एक सय आठ फिट अग्लो नवनिर्मित महादेव मूर्ति ।  लमजुङ सुन्दरबजार नगरपालिका–७ पाउँदीमा नवनिर्मित १०८ फिट अग्लो सिद्धेश्वर महादेव मूर्ति। यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउनका लागि यस मूर्तिसहित विष्णु, गणेश भगवान् तथा महादेवको वाण बसाहाको मूर्ति निर्माण गरिएको छ । तस्बिरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर- साउन १
हरियो चुरा, पोते खरिदका क्रममा ग्राहक ।  काठमाडौंको इन्द्रचोकमा मङ्गलबार चुरा, पोते लगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक। साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बीहरूले हरियो चुरा, पोतेलगायतका शृङ्गारिक सामग्री लगाउने परम्परा रहेको छ । तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- साउन १
राँके तिवार पर्व ।  दाङको घोराही उपमहानगरपालिका–१३ स्थित तुरुन्तपुरमा मङ्गलबार रोल्पाली उवाँ सेवा समाजको आयोजनामा रोल्पा उवाबाट घोराही आसपासमा बसाइसराइँ गरेर बसेका उवालीहरूले मगर समुदायको पौराणिक तथा सांस्कृतिक चाँड राँके तिवार पर्वको अवसरमा नाचगान गर्दै। अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले परापूर्वकालदेखि साउन १ गते राँके तिवार पर्व मनाउँदै आएका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्